साङ्ग्रिला क्लब विराट गोल्डकप फुटबलमा फाइनलमा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २२,

मुलुकमा विभागीय टोली एपीएफलाई हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको थियो। गयराति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले ४–३ गोल अन्तरले एपीएफलाई हराएको हो। साङ्ग्रिला क्लबका विशाल सुनार, आशिष चापागाईं, उमेश कार्की र किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो। आज काठमाडौँको मच्छिद्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिएभने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुकेका थिए। साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताएका हुन्। उनी प्लेयर अफ द म्याच घोषित भएर नगद रु ११ हजार पुरस्कार प्राप्त गरे। उपाधिका लागि पर्सी साङ्ग्रिल फुटबल क्लब र आजको विजेताबीच शनिबार प्रतिस्पर्धा हुनेछ।

Like