मानव कल्याण एवं विश्व शान्तिका लागि शिवमहा पुराण महोत्सव समुद्घाटन
रसंसा/काठमाण्डौ, माघ २,
मुलुकमा ओम श्री मा दक्षिणकाली सेवा आश्रम नेपाल परिवार र विश्व शान्ति ध्यान केन्द्रको आयोजनामा यहि फाल्गुण २ गतेदेखि शुभारम्भ भई १२ गते समापन हुने मानव कल्याण एवं विश्व शान्तिका लागि शिवमहा पुराण महोत्सव समुद्घाटन समारोह सम्पन्न भएको छ । ओम श्री मा दक्षिणकाली सेवा आश्रम नेपाल परिवारकि अध्यक्ष एवं श्री श्री १००८ महामण्डलेश्वोर सावित्री श्रेष्ठ दक्षिणकाली माताको सभाध्यक्ष तथा स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य एवं चरित्र निर्माण संघका अध्यक्ष तथा विश्व शान्ति ध्यान केन्द्र प्रमुख संरक्षक परमहंस स्वामी कल्याण मित्रको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको विशेष आतिथ्यता थियो भने बाल विदुषी देवी भवानी उपाध्याय कथावाचक तथा माधव प्रसाद उपाध्याय उपवाचकको विशिष्ट आतिथ्यता थियो ।

अतिथिहरुमा पुर्व प्रशासक एवं रिटायर्ड क्लब नेपालका अध्यक्ष डा. के. बि. सम्राट, पुर्व डिआइजि विजया भट्ट, बाल विदुषी शिव महापुराण वाचिका माता पिता द्वय पद्मा देवी उपाध्याय तथा हरिकृष्ण उपाध्याय, पागल दास त्यागि, संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रकी अध्यक्ष माता सीता सुनुवार, जटाधारी माता मिना देवी गौतम, चन्द्र मणि गौतम, भारत राजस्थानका नागा बाबा ओम गिरि, निल गिरि, शंकर प्रसाद मानन्धर, माया गिरि, नानीमैया महर्जन, माता वर्गहरु, मूल समारोह समिटिका सल्लाहकारहरु, संस्थाका पदाधिकारीहरुको आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरुलाई ब्याच तथा खादा अनुराधा सापकोटा एवं डा. समिराले वितरण गरेका थिए ।


कार्यक्रममा ललितपुर भुल्धोका ओम श्री मा दक्षिणकाली सेवा आश्रम नेपाल परिवारको कार्यालयबाट कलश शोभा यात्रा विभिन्ना झाँकी तथा नौमती बाजाकासाथ् पशुपतिनाथको परिक्रमा गरि हंसमंड़पमा ल्याई समुद्घाटन गरिएको थियो । समुद्घाटन कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका धार्मिक समितिका सल्लाहकार धन बहादुर श्रेष्ठ (भोजपुरे बा) ले २२२ वटा रुद्राक्ष माला उपस्थित सबै भक्तजन तथा अतिथिहरुलाई ग्रहण गराउन दान गर्नुभएको थियो ।


कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले दीप प्रज्वलनकासाथ् गरिएको धिओ । समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरुले मानव कल्याण एवं विश्व शान्तिका लागि शिवमहापुराण महोत्सवको आआफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा कथावाचन भोलि ३ गते ११:३० बजेदेखि अपराह्न ३:३० सम्म हुने, सोभन्दा अगावै ६ बजेदेखि ७ बजेसम्म योग ध्यान अभ्यास, ७ बजेदेखि ९ बजेसम्म दैनिक पाठपारायण, १० बजेदेखि ११ बजेसम्म हवन पूजा गरिने आयोजक समितिका हर्ताकर्ता विजय भट्टले जानकारी दिनुभयो भने बेलुका ४:३० बजेदेखि ६ बजेसम्म प्रवचन सत्संग, ७ बजेदेखि ९ बजेसम्म भजन किर्तन गरिने समेत विजय भट्टले जनाउनुभयो । फाल्गुण ११ गते लक्षावती लाखबत्ती प्रज्वलन गरिने र फाल्गुण १२ गते शनिबारका दिन तिलार्चन पूर्नाहुती गरि तिलाक्पाती ग्रहणपश्चात समापन गरिने आयोजक समितिका सल्लाहकार सुरेन्द्र कुमार यादवले जनाउनुभयो ।