रौतहटमा १०१ किलो मालाले एमाले अध्यक्ष ओलीलाई स्वागत
रासंसा/रौतहट, माघ २५,
मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई रौतहटमा १०१ किलो मालाले स्वागत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न रौतहट आएका अध्यक्ष ओलीलाइ १०१ किलो मालाले स्वागत गरिएको हो । दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि ४ जनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।
Like