कार्यवाहकमाथि कार्यवाहक महालेखामा किन होला ?
रासंसा/काठमाण्डौ, माघ १५,
मुलुकमा सरकारी कार्यालय, संवैधानिक आयोग तथा अदालतका लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयका पदाधिकारी नियुक्तिका लागि निवेदन लिएको ६ महिना भएको छ। त्यसपछिका नौ महिनामा कार्यवाहकको जिम्मेवारीमा पुगेका दुईजनाले पनि उमेर हद र कार्यावधिका कारण अवकाश पाएका छन्। शुक्रबारदेखि वामदेव शर्मा अधिकारीले कार्यवाहकको जिम्मेवारी सम्हालेका छन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् बैठक बोलाएर पदाधिकारी नियुक्ति प्रक्रिया अघि नबढाउँदा महालेखा नेतृत्वविहीन मात्र बन्न पुगेको छैन कार्यवाहकको पनि कार्यवाहकबाट गुज्रन पुगेको छ। महालेखा परीक्षक टंकमणि शर्मा २०८० जेठ ८ देखि अनिवार्य अवकाशमा गएका छन्। टंकमणि शर्मापछि जेठ ८ बाटै राममाया कुँवरले कार्यबाहकको जिम्मेवारी लिइन्। सचिव पदमा उनको पाँच वर्षको कार्याकाल गत साउन १८ गते पूरा भयो। १८ गते उनले अवकाश पाइन्। सवैधानिक पदाधिकारीको सेवा सर्त सुविधासम्बन्धी ऐन २०५३ को दफा २० मा भनिएको छ, ‘अवधिभर वा प्रमुख पदाधिकारीको पद रिक्त हुन आएको अवस्थामा त्यस्तो रिक्त पद पूर्ति नभएसम्मका लागि सम्बन्धित संवैधानिक निकायका वरिष्ठतम् पदाधिकारीले कार्यवाहक प्रमुख पदाधिकारी भई काम गर्नेछ। गत साउन १९ बाट महेश्वर काफ्लेले कार्यबाहक महालेखा परीक्षकको जिम्मेवारी पाएकोमा उनले ५८ वर्षको उमेर हदको कारण अवकाश पाएसँगै अधिकारी कार्यवाहकको जिम्मेवारी पुगेका छन्। तर, महालेखाले कार्यवाहकबाट कहिले मुक्ति पाउँछ भन्ने कुनै निश्चित छैन। तर, महालेखापरीक्षकको हकमा सो विभागको वरिष्ठतम् उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षक भई काम गर्नेछ।’ उक्त दफाअनुसार अधिकारीले कार्यबाहक महालेखा परीक्षकको जिम्मेवारी सम्हालेको सूचना अधिकारी रमेश सुवेदीले बताए। कार्यवाहकका भरमा कार्यालयले गर्ने नीतिगत, महŒवपूर्ण तथा तथा बेरुजु सम्पादनको काममा अप्ठ्यारो स्थिति आएको उनले बताए। पद रिक्त रहेपछि संवैधाननिक परिषद्ले साउनमै सम्भावित उम्मेदवारहरूबाट निवेदन आह्वान गरेको थियो। त्यसका लागि २०८० भदौ २ गतेसम्म म्याद तोकिएको थियो। त्यो अवधिसम्म १६ जना उम्मेदावरले निवेदन दिएका थिए।