साताैं दिनमा निराहार गुफा साधनाकाे आज साङ्गे समापन
रासंसा/काठमाण्डौ, माघ ०३,
मुलुकमा साताैं दिनमा निराहार गुफा साधनाकाे आज साङ्गे समापन गरिएको छ । बूढानिलकण्ठ नगर कार्यपालिकाको आयोजनामा भएको सो कार्यक्रम वैदिक बैकुण्ठ विष्णु धाम नागिनि गुफा चिस्यानी काे संरक्षण ,विश्व संग्रहालय तथा काेभिड स्मारक पर्यटन प्रवर्द्धन र विष्णुमति मुहान आसपास सरसफाइ विश्व शान्ति महाअभियान अनुष्ठान कार्यक्रम २०८० निराहार उपवास बनस्पति यज्ञ हवन गत पौष २६ गतेदेखि माघ ३ गते सम्म नेपाल र नेपालीले विश्व कै प्रथम ऐतिहासिक आध्यात्मिक र आत्मिक कार्य विश्वभरका आफ्नो देशकाे लागि विभिन्न कालखण्डमा त्याग तपस्या र बलिदानीकासाथ जीवनकाे आहुति दिएकाहरुकाे र काेभिड १९ बाट विश्वभर दिवंगतहरुकाे आत्मा शान्ति र संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना हेतु याेग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा पाेषण, परम्परागत उपचार पद्धति र बनस्पति हवन यज्ञ थेरापि बिषयक घरटाेल कार्यालय राष्ट्र राष्ट्रियता, सर्वधर्म संरक्षण संस्कार, संस्कृति, शिक्षा र स्वास्थ्य स्वराज्य जागरण शुद्धीकरण आराेग्य शिविर रगेको थियो । यसर्थ, संसारमा सधै प्रश्नात्मक रूपमा रहिरहने तर सधै अनुत्तरित रहने विषय भनेकै राम्रो के हो ? नराम्रो के हो ?, मिठो के हो ? नमिठो के हो ? , सही के हो ? गलत के हो ? यसै जिज्ञासाको वहनकर्ता मानव निष्कर्ष नै दिन नसकि अवसान र अपसरित हुन पुगेको छ ।




वास्तवमा यो सवै अनुत्तरित जिज्ञासाको सार भनेको दृश्यवत ज्ञान, भक्ति र वैराज्ञ भावको प्राप्ति र विकास वाट उत्पन्नहुने सत्कर्मले युक्त साधना का माध्यम द्वारा दृष्टिवत वोधगर्न सकिने असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय को सार सूत्र लाई आत्मसाथ गरेर मात्र सप्रमाण अनुभुत गर्न सकिन्छ । व्यक्तिको जन्म जीवन र देहवसान पछिको जीवनको गुण रहस्यको वोध गराउने अन्य अतिरिक्त विकल्प छैन । सो कार्यक्रमका कर्ता अनुष्ठित ब्यक्तित्व राष्ट्र संरक्षण डट कमका संवाददाता हुनुहुन्छ ।





