महिला र बालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने पोखरामा ३ पक्राउ

Share to:

मिनबहादुर कुँवर/कास्की, पौष २१,

मुलुकमा महिला तथा बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको अभियोगमा कास्की प्रहरीले ३ जना युवकलाई पक्राउ गरेको छ । सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भनै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको सूचना आधारमा प्रहरीले होटलमा छापा मारेको डिएसपी बिकले बताए । पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न गराउन बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको थियो । घटनाको अनुसन्धानक्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Like