कन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, पौष १४,

कन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन बहादुर विश्वकर्माको सभापतित्वमा भएको सभामा असन बहादुर शंकरको प्रमुख आतिथ्यता थियो । साधारणसभामा बिशिष्ट अतिथिहरु वरिष्ठ समाजसेवी धन बहादुर श्रेष्ठ, गोपालप्रसाद विश्वकर्मा, रुद्र बराइलीको आतिथ्यता थियो । अतिथिहरुमा द्वारिका शंकर, केशर सेन्चुरी, घनश्याम रिजाल एवं बरिष्ठ समाजसेवी तथा पत्रकार डा. के. बि. सम्राटको आतिथ्यता थियो । सभामा कोषाध्यक्षज्युको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो भने अध्यक्ष अर्जुन बहादुर विश्वकर्माले पेस गर्नुभएको प्रतिवेदन सर्बसम्मत पारित भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि एवं अतिथिहरुले आआफ्नो मन्तब्य तथा शुभकामना ब्यक्त गरेका थिए ।

Like