मन्त्री सुदन किरातीको राजिनामाको माग गर्दै राप्रपा जिल्ला कार्य समिति तनहुँद्वारा पुत्ला दहन

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, पौष ०८,

संस्कृति मन्त्री सुदन किराँतीको अभिब्यक्ति प्रति राप्रपा तनहुँले पुत्ला दहन गरेको छ। गत पुस ४ गते आयोजित एउटा सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री माननीय सुदन किराँतीको सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने र पदीय गरिमा विपरीतको गैर-जिम्मेवार, उत्तेजक र असन्तुलित अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातान्त्र पार्टी तनहुँले अापति प्रकट गरेको हो ।

कुनै एक धर्मको कार्यक्रममा जाँदा अर्को सामाजिक, सांस्कृतिक र धार्मिक आस्था माथि नियोजित रूपमा आक्रमण गर्ने मन्त्री किराँतीले तुरुन्तै राजीनामा नगरे सडक र सदन तताउने राप्रपाका जिल्ला अध्यक्ष विनोद धर्तीले बताए । कार्यक्रममा मन्त्री किरातीको अभिब्यक्ति विरुद्ध विदेशी दलाल राजिनामा दे, वैदिक हिन्दु धर्मको जय, हिन्दु राष्ट्र नेपाल जिन्दावाद भन्दै पुत्ला दहन गरिएको थियोे ।

Like