पुर्व प्रधानमन्त्री देउवा द्वारा विपी स्मृति भवन उद्घाटन
अन्जनराज न्यौपाने/तनहुँ, पौष ०९,
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई थप चलायमान गराउन सबैको सद्भाव, एकता,सहमति, सहकार्य अनिवार्य भएको बताए ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले अायोजना गरेको पार्टी कार्यालय उद्घाटनका क्रममा बोल्दै सभापति देउवाले देशको आमुलपरिवर्तनकालागि विभिन्न काल खण्डमा नेपाली काँग्रेसले उल्लेखनीय र अतुलनीय योगदान पुराएको दाबी गरे। पछिल्लो समय मुलुक र जनताको हितकालागि गठवन्धन महत्त्वपूर्ण देखे सगै अन्य राजनैतिक शक्तिहरुसग सहकार्य गर्न जरुरी भएको बताए । मुलुकलाई संबृद्र बनाउन नेतामा ईच्छा शक्ति भन्दा संभावना बडी हुन जरुरी भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले देशका केही भ्रष्ट धमिराहरुले अाग्रह पुर्वाग्रह राखेर देशलाई अशिक्षा ,बेरोजगारी ,भोकमरी गरिबीका कारण देश पछाडि र जनताको अार्थिक अवस्था दिनानुदिन गम्भीर भएको बताए । नेपालीका केन्द्रीय गोविन्द भट्टराईले कार्यकर्तामा आत्माअनुशाशन र आत्मा समिक्षा जरुरी भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मुलुकको संकट समाधान गर्न नेपाली काँग्रेसनै बैकल्पिक शक्ति भएको बताए । कार्यक्रममा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्मित विपि स्मृति भवन निर्माणकालागि सहयोग गर्ने १८ सय ४० चन्दादाताहरुलाई सम्मान गरेका थिए।