रेखा थापा बेबी प्लानसहित अमेरिका उडिन्
रासंसा/काठमाण्डौ, मार्ग २३,
मुलुकमा अभिनेत्री रेखा थापा अमेरिका उडेकी छन् । पति बलराम शाहीसहित उनी अमेरिका उडेकी हुन् । अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी हुन् । ५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् । रेखाले अमेरिकाबाटै आफ्नो फिल्म ‘उपहार’ को भर्चुअल माध्यमबाटै प्रचार गर्ने तयारी गरेकी छन् । ‘उपहार’को रिलिजको समयमा उनी अमेरिकामै हुनेछिन् । बुधबार अमेरिका उड्नुअघि थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका थिए । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन् । शनिबार बिहान अभिनेत्री थापाले श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्बिर पोस्ट गरेकी छन् ।
Like