शैक्षिक प्रमाणपत्र सेनाका उच्च अधिकारीहरुको नक्कली भएको भन्दै उजुरी

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १२,

मुलुकमा नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए। रथीमा बढुवाको क्रममा रहेका र हाल फोर्स कमाण्डरको रुपमा कार्यरत उपरथी निर्मल कुमार थापाविरुद्ध मंसिर ११ गते शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परेको छ।
थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिइएको छ। उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको सो उजुरीमा उल्लेख छ। भावी प्रधानसेनापतिकै रुपमा बढुुवा सिफारिस भएका र बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन्। उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने सैनिक मूख्यालयले जनाएको बेला उपरथि थापाको शैक्षिक प्रमाणपत्र छानवीन गर्न माग गरिएको हो।

Like