आवासीय अनुमतिपत्र साउदीमा नबनाइदिने प्रवृत्ति बढ्दो

Share to:

एजेन्सी,

विश्वमा साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् । सन २०२० मा साउदी पुगेका उनलाई कम्पनीले ६ महिनाको अकामा बनाइदिएको थियो । अकमा सकिएपछि कम्पनीले नवीकरण नगरेपछि उनी गैरकानुनी हैसियतले सोही कम्पनीमा १६ महिनादेखि काम गरिरहेका थिए । २२ महिनाअघि साउदी पुगेका नवीन नेपालीलाई पनि कम्पनीले अकामा नबनाइ दिएपछि नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशालकुमार श्रेष्ठको सहयोगमा एक साताअघि उनी नेपाल फर्किएका थिए । उनी गत १ सेप्टेम्बरमा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस लिएर ११ सेप्टेम्बरका दिन दूतावासका अवैधानिक प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेका थिए र सोही दिन बुरैदास्थित श्रमिक अदालतमा बहिर्गमन भिषाका लागि निवेदनको र एक्जिट भिषा प्राप्त गरी नेपाल फर्काउन सफल भएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले जनाएको छ । आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको एनआरएनए क्षेत्रीय समन्वय समिसित अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले बताए । अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या भएको जनाइएको छ । साथै, यस्ता घटनाहरुलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन अनुरोध गरेको छ । पछिल्लो समय साउदीमा कार्यरत नेपाली कामदारले कम्पनीसँग भएको करार सम्झौताअनुसारको तलब सुविधा नपाउने, तलब नपाए पनि उजुरी गर्ने अवस्था नभएको बताउने गरेका छन् । यसका लागि दूतावास तथा साउदी अरबमा रहेका नेपाली समाजका अगुवाहरुले साथ सहयोग गर्ने सचिव श्रेष्ठले बताए । कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिवाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण हजारौं नेपाली स्वदेश फर्किन सकेका छैनन् । साउदीमा पुगेर विभिन्न समयमा कम्पनी छोडेर भागेका ११ हजार १२६ नेपाली अवैध रुपमा त्यहाँ कार्यरत रहेको पाइएको छ । दूतावासका अनुसार साउदीमा करिव चार लाख नेपाली कार्यरत रहेका छन् । यसरी कम्पनीहरुले अकामा नबनाई दिएका नेपालीहरुलाई स्वदेश फर्कन समस्या हुने गरेको र त्यसका लागि दूतावासको सहयोगमा साउदी सरकारले बहिर्गमन भिसा (एक्जिट भिसा) उपलब्ध गराउँदै आएको छ, जुन भिसा अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् ।

Like