अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

सुरक्षा परिषद् विस्तारको विश्वका ४ राष्ट्रद्वारा आह्वान

Share to:

एजेन्सी,

विश्वमा ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। परिषद्मा भौगोलिक प्रतिनिधित्व नहुनुलाई ‘ऐतिहासिक अन्याय’ भन्दै उनीहरूले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन भेगको प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन्। प्रतिनिधित्व नभएका समूह र क्षेत्रको सहभागिता बढाउनुपर्ने तथा सबै परिषद्लाई लिएर अफ्रिकी देशले प्रस्तुत गरेका साझा अवधारणप्रति चारवटै देशको दृढ समर्थन रहेको जनाएका छन्। ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम), सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन्। विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद्को अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा जोड दिँदै उनीहरूले स्थायी एवं अस्थायी सदस्य थप्नुपर्ने बताएका छन्। ‘विकासशील देशका भूमिका र सहभागिता बढाउन परिषद्मा अस्थायी र स्थायी दुवै तहमा सदस्यता विस्तार गर्न आवश्यक छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

Like