२ सय ३१ रनको नेपालद्वारा लक्ष्य प्रस्तुत

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १८,

मुलुकमा एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे । सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे । भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन—तीन विकेट लिए ।

Like