मे २०२४ मा ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ हुने

Share to:

एजेन्सी,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ। अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए भने ट्रम्पका प्रतिरक्षा वकिलहरूले नोभेम्बर २०२४ को राष्ट्रपति चुनावपछि यो मुद्दा सञ्चालन गर्न अनुरोध गरेका थिए। अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएका हुन्। रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि मनोनयनका प्रबल दाबेदार ७७ वर्षीय ट्रम्प चुनावका लागि पार्टीको सशक्त दावेदारको चयनका लागि हुने प्राथमिक अभियानको शिखरमा सुनुवाई हुनेछ।

Like