किटानी जाहेरी निवेदन प्रहरी बृत्त चापागाउं ललितपुरले दर्ता नगरेपछी पीडित रुदै हारगुहारमा

Share to:

रासंसा/ललितपुर, आषाढ २७,

मुलुकमा ललितपुर जिल्लाको क्योन्जोसोम गाउँपालिका वडा नं. ३ स्थित दलचोकिको कृष्ण बहादुर घलानको वस्तु बांध्ने गोठमा गत आषाढ १० गते शरीर अंग भंग भएको धन बहादुर तामाङको झुन्डिएको अवस्थामा रहेको घटनाको किटानी जाहेरी निवेदनमा सोही स्थान बस्ने रत्न बहादुर बम्जनको छोरा अन्दाजी ५५ वर्षको लावोन बम्जनलाई किटानी गरि जाहेरी निवेदन मृतककी श्रीमती बिबि तामाङले दिदा प्रहरी वृत्त चापागाउंले दर्ता नगरेकोमा रुदै हारगुहार माग्दै न्याय पाउं भन्दै मृतक परिवार श्रीमती, छोरी र छोरा हिडेका गाउँलेले बताएका छन । निज मृतक श्रीमती बिबि तामाङले लेखेको किटानी जाहेरी निवेदन अनुसार किटानी जाहेरी मानिस लावोन बम्जनलाई प्रहरीले समाएर अनुसन्धान किन गरेन भन्ने रहेको छ । बृस्तित विवरण किटानी जाहेरी निवेदनमा उल्लेख छ ।


मृतकको छोरी अन्जु बम्जन र छोरा अशोक तामाङका अनुसार हाम्रा बाबाले रु. पच्चिस हजार लिएको र सो लिए बापत महिनामा एक हजार ब्याज दिएकोमा सो लेनदेनको ब्यवहारमा हाम्रो बुबालाई मारेको हो भन्दछन । मृतक धन बहादुर तामाङको टाउकोमा छियाछिया गरि काटिएको, हातबाट रगत आएको, गुप्ताङ्गबाट समेत रगत आएको भनिएको छ । निज मृतक धन बहादुर शारीरिक तन्दुरुस्तता ठिक नभएको जो अपाङ्ग छ उसले गोठमा दुई तीन ठाउँ डोरि बांधेर खुट्टा टेक्नेगरी झुन्डिएको ब्यक्ति खुट्टा टेकेर प्राण जांदैन भन्दै परिवार सदस्यहरु रुदै बक्छन ।


यश विषयमा सेभ द नेशन टेलिभिजनले प्रहरी वृत्त चापागाउंका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दसंग बुझदा यद्को अनुसन्धान भइ रहेको प्रारम्भिक अनुसन्धान अनुसार मृतकको पोस्टमाष्ट्रम भएर सो को रिपोर्ट आएपश्चात किटानी जाहेर गरेको ब्यक्तिमाथी अनुसन्धान गरिने बताउनुभयो । पीडित पक्षको भनाइ भने किटानी जाहेरी ब्यक्तिलाई समातेर अनुसन्धान गर्नुपर्छ भन्ने रहेको छ ।

Like