तालिम समापन एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Share to:

बलराम कोइराला/काठमाण्डौ, ज्येष्ठ २०,

काठमाण्डौको कुलेश्वोरमा केन्द्रीय कार्यालय स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल महिला विश्वासी संघले ललितपुर नख्खुस्थित एस डब्लु आई सामाजिक संस्थाको भवनमा पाँच दिनको (Empow HER) सशक्त, सशक्तिकरतालिम सम्पन्न गरेको छ । ज्येष्ठ १४ गते देखि १८ गतेसम्म संचालित सो तालिममा १८ वर्ष उमेर समुहदेखि ३० वर्ष उमेर समूह सम्मका किशोरी एवं महिलाको सहभागिता रहेको थियो । तालिममा १८ जिल्लाका २८ किशोरी एवं मैलाहरुको सहभागिता रहेको संघकी कार्यकारी निर्देशक द्रोपती रोकायले बताउनुभयो । तालिममा सहभागी प्रशिक्षार्थी महिला तथा किशोरीहरुलाई लैंगिक समानता, प्रजनन स्वास्थ्य, नेतृत्व अभिवृद्दि, आर्थिक सशक्तिकरण र मानव अधिकारका बिषयमा क्षमता अभि बृद्दी गर्ने किशोरी तथा युवा महिलाहरुलाई प्रजनन स्वास्थ्य नेतृत्व अभि बृद्दी लैंगिक समानता, आर्थिक सशक्तिकरण, मानव अधिकारका विधयामा सचेतना तथा पैरवी जस्ता कार्यक्रमहरुको क्षमता बृद्दी गर्ने सम्मानजनक अंतरापुस्ता नेत्रित्वलाई उत्साहित गर्ने उद्देश्यका साथै तनाव मुक्ति र खुशियाली रहनेरा रहन सिकाउने सिपमुलक र सिर्जनात्मक क्षमताको अभि बृद्दी गराउने उद्द्यश्यले तालिमको आयोजना गरिएको थियो ।

होरैजनको आर्थिक सहयोगमा संचालित तालिममा ५ दिनसम्म विभिन्न विशेषज्ञहरुले तालिम प्रदान गर्नु भएको थिल्यो । तालिम समापनको दिन सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समाज कल्याण परिषदका सहनिर्देशक आनन्द थापा, रेडियो नेपालका कार्यक्रम अधिकृत बलराम कोइराला, चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश दाहाल, संस्थाकी कार्यकारी सदस्य निर्मला शाक्य लगायातले प्रमाण पत्र वितरण गर्नुहुँदै तालिमबाट प्राप्त शिप तथा ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने कुरालाई जोड दिनु भएको थियो ।
प्रशिक्षार्थिहरुमध्ये सरिता तामाङ, सुनो फेष्टा, अलिना बिसी, अनिशा घिमिरे, सुन्तली सापकोटा लगायतको तालिममा सिकेका कुरा व्यवहारमा लगाउने प्रतिबद्दता ब्यक्त गर्दै तालिमको अनुभव ब्यक्त गरेका थिए । नेपाल महिला विसवासी संघकी कार्यकारी निर्देशक द्रौपदी रोकायाले २०५० सालमा सिमित महिलाहरुको समुहले खोलेको संस्था आज बृहत रुपमा अगाडी बढाइएको साथै तालिमलाई विशेष ध्यान दिएर महेन्द्रनगर, नेपालगंज भक्तपुरको नाला लगायतका विभिन्न ठाउमा तालिमहरु दिदै आएको र महिलाहरुलाई हिँसा हैन मानव हिंसाकै अन्त्य हुनुपर्छ भनेर लागिरहेको बताउनुभयो । ३० वर्ष संस्थामा लागेर बिशेष गरि घरेलु हिँसा पीडित दिदीबहिनीलाई संस्थागत सहयोग तालिम र सिर्जनात्मक शिपको व्यवस्थापन गरि यस संस्थाले महिला हितमा साम गर्दै आएको बताउनुभयो ।

Like