तनहुँमा १६ औ गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमकासाथ सम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १६,
तनहुँमा १५औ गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमको अायोजना गरि मनाईएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मुलुकमा गणतान्त्रिक ब्यवस्था रहिरहदा जनताले सुशासन ,विधिको शासन र भ्रष्टाचार रहित मुलुकको अपेक्षा गरिरहेको बताए । गणतन्त्र देश र जनताको लागि भनिएपनि जनता भ्रष्टाचारबाट अझैसम्म पनि पिल्सिन बाध्य भएका छन ।








यसैगरी ,ब्यास नगरका प्रमुख बैकुण्ठ न्यौपानेले गणतन्त्रले मुलुकको सर्वोपरि हित , जनताको जिउधनको पुर्ण सुरक्षा र ब्याप्त भ्रष्टाचार र अनियमिततालाई नियन्त्रणमा लिन हरेक तह र तप्काका नागरिक सचेत हुन अनिवार्य भएको बताए । नेकापा समाजबादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले क्षमता योग्यता ,दक्षता र ईमानदारीता भएका ब्याक्तिहरुले गणतन्त्रलाई चिर स्थायीतब दिन पर्यत्नशिल रहनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गणतन्त्र अाएपछि मुलुकमा जनताले शान्ति सुरक्षा,अमनचयन र सुशासनको प्रत्याभूतिको महशुस गर्न पाएको बताए ।नेपाली काँग्रेसका नेता देवकुमार श्रेष्ठले नागरिकलाई स्वतन्त्र ,निश्पक्षरुपले बाँच्न गणतन्त्रिक ब्यवस्थालाई अक्षुण राख्न कुनै अाग्रह पुर्वाग्रह रहित समाजको निर्माण गराउन जरुरी भएको बताए । नेकपा एमालेका हरिराज कडेलले नेपाली जनताको लामो त्याग ,तपस्या र बलिदानले ल्याएको ब्यवस्थालाई जोगाउन नेताको कार्य शैलीमा परिवर्तन हुन अनिवार्य भएको बताए । नेकपा माअोवादी केन्द्रका बसन्त दरैले गणतन्त्र किताबको पानामा मात्र सिमित नभै पुर्ण रुपमा कार्यनयन हुन जरुरी रहेको बताए । दिवसका अवसरमा ज्ञातअज्ञात शहीदहरुप्रति दिपावली प्रज्वलन गरिएको थियोे भने अाम सर्वसाधारणलाई स्वास्थ्य परिक्षण गरिएको थियोे ।गणतन्त्र दिवसका अवसरमा ,रक्तदान ,सन्देशमुलक कार्यक्रम ,साहित्य रचना पाठ ,दमौली असपतालका विभिन्न विरामीलाई फलफूल वितरण कार्यक्रम राखिएको थियोे ।