बाल अस्पताललाई नेपाली कांग्रेस नेता रिजालद्वारा ५० लाख सहयोग
रासंसा/मोरङ, बैशाख १७,
मुलुकमा नेपाली काँग्रेस नेता डा. मिनेन्द्र रिजालले किओच बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् । आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुण्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । पूर्व मन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका छन् ।
Like