कोरोनाबाट १११ संक्रमित थपिए, थप एक जनाको मृत्यु

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १४,

मुलुकमा कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५१७ जनामा गरिएको परीक्षणमा १११ जनामा कोरोना पुष्टी भएको छ। यस अवधिमा ६० जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा ३७८ जना संक्रिय संक्रमित रहेका छन्। योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ।

Like