बिना निष्कर्ष प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक टुंगियो

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ । प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चितवनवाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा छन । मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनवाट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको छ । यद्धपी, प्रधानमन्त्री दाहालले भागबन्डा अनुसारको मन्त्रीहरुको नाम दिनका लागि अनुरोध गरेका छन् । बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

Like