दश दलको मुख दश तर्फ फर्किएको छ: अध्यक्ष ओली

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ११,

मुलुकमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको दश दलीय गठबन्धनले देश नै निमिठ्यान्न पार्ने बताएका छन्। ‘पुतलीको एउटा चरण हुन्छ, झुसे किरा, लार्भा भन्ने त्यसले त रुखका पात मात्र निमिठ्यान्न पार्छ’ उनले भने ‘पुतलीले बाली नष्ट गरे जस्तै यिनीहरूले त देश नै निमिठ्यान्न पार्छन्।’ शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दश दलीय गठबन्धनलाई पुतलीको जीवनचक्रसँग तुलना गरे। उनले दश दलको मुख दश तर्फ फर्किएको बताए। उनले आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको उनले दाबी समेत गरे। उनले विदेशीको ईसारामा काम गर्न नहुने भन्दै देशका लागी, नेपाली जनताको चाहना अनुसार चल्ने सरकार, बनाउनु पर्ने बताए। ‘एमालेले ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गर्‍यो,’ उनले भने, ‘कांग्रेसले गएर हामीले पो दिएको त भनेर बुढाबुढीलाई भ्रम छर्ने काम गर्छ।’ गत निर्वाचन एमालेको लागी अस्तित्वको लडाई भएको तर लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको उनले दाबी गरे। आगामी निर्वाचनमा नेकपा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्न ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाई छ। ‘जनताको लागी काम गर्ने, शान्ति, सुव्यवस्था कायम गर्ने सरकार बनाउन चाहन्छौँ’ उनले भने। नेकपा एमालेले ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको बताउँदै उनले त्यसमा नेपाली कांग्रेसले भ्रम छरेको आरोप लगाए। कपिलवस्तुमा रहेका संघीय सांसदका ३ निर्वाचन क्षेत्रमध्ये अहिले २ वटामा मात्र जित हासिल गरेकोमा जिल्ला नेतालाई धन्यवाद दिदैं उनले आगामी निर्वाचनमा ३ वटै क्षेत्र जित्ने गरि लाग्न निर्देशन दिए। उनले कपिलवस्तु ज्ञानको भूमि भएको बताए। एमालेले बलियो राष्ट्रिय शक्ति निर्माण चाहेको उनले भनाइ थियो। विकासको अभियान अघि बढाउन, सुशासन कायम राख्न, शान्तिपूर्ण समाज बनाउन, भयरहित वातावरण निर्माण गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले उल्लेख गरे।

Like