‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र अब पूरा गर्ने की ?

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको छ । माओवादीकै नेतृत्वमा रहेको सरकारसँग माओवादी धारका अन्य दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् । माओवादी जनयुद्ध ताका एउटै पार्टीमा रहेका तर अहिले छुटाछुटै पार्टी गठन गरेका नौ दलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी द्वन्द्वकालीन घटनाको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुन नसक्ने बताएका हुन् । साथै उनीहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने ठहर गरेका छन् । विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित उनीहरूले सरकारलाई आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए । द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरूका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरूको ध्यान गएको उल्लेख गर्दै संयुक्त अपिलमा भनेका छन्, ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग हामी अपिल गर्दछौं ।’ दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने चेतावनीसमेत उनीहरूले दिए । विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई दिएको ऐतिहासिक सन्दर्भ संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने तथ्य स्पष्ट रहेको निष्कर्ष उनीहरूको छ । त्यस्तै, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी), अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पाल रहेका छन् । संयुक्त अपिल जारी गर्नेमा सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी माओवादी) स्थायी कमिटी सीपी गजुरेल, नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी, नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द विप्लव, आमजनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भए पनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको आरोप लगाए । महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेकाले राज्यको पुर्नसंरचनाको पक्षमा लागिरहेको बताए । यसैबीच माओवादी धारका नौ दलमध्ये तीन दलले पत्रकार सम्मेलन बहिष्कार गरेका छन् । माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् । तर, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तालाले असहमति भएकाले पत्रकार सम्मेलनमा सहभागी नभएको बताए । ‘संयुक्त अपिल हामीले भनेजस्तो बनाउन खोज्यौं । बनाउन सम्भव पनि भएन’ बास्तोलाले भने, ‘संयुक्त अपिल नै झन् कन्फ्युजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं ।’ माओवादी धारको यसअघि बसेको बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णय गरेका थिए । तर, आइतबार भएको संयुक्त पत्रकार सम्मेलनमा भने तीन माओवादी धारका नेता अनुपस्थित भए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी धारका नौ जना नेता आउने भनिए पनि अन्तिममा तीन पार्टीका नेता नआएको बताए ।

Like