प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
रासंसा/काठमाण्डौ, फाल्गुन १०,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको स्रोतले बताएको छ। फागुग २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।चिनियाँ राजदूत छन् सोङले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए। चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन्। राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले बताएको छ। जवाफमा प्रचण्डले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको राजदूत श्रीवास्तवलाई बताएका थिए।
Like