भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै
रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा तीन दिने औपचारिक भ्रमणका लागि उनी सोमबार काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका विदेश सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन्। तीन दिने औपचारिक भ्रमणका लागि उनी फागुन १ गते सोमबार काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालका लागि विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यसूची तय भएको छ। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। कनेक्टिभिटी,ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। यो भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने विश्वास गरिएको छ।