ब्यास नगरपालिकाद्वारा आयोजना गरिएको छैठौं ब्यास नगर अल्ट्रा म्यारथन प्रतियोगिता सम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, माघ २०,
ब्यास नगरपालिकाद्वारा आयोजना गरिएको छैठौं ब्यास नगर अल्ट्रा म्यारथन प्रतियोगिता सम्पन्न गरिएको छ। ब्यास -५को ऐतिहासिक एब्म् पर्यटकीय स्थल मानहुँकोट देखि ब्यास-८ को सहिद पार्कमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । कुल ४४किलोमिटर म्याराथन दौड प्रतियोगिताको उपाधी व्यास-७ तनहुँका विशाल गुरुङले जितेका हुन्। यसैगरि उक्त प्रतियोगितामा ब्यास-६ का सहास पन्थ दितिय भएका छन् भने आँबुखैरेनीका सनम गुरुङ तृतीय भएका छन्।म्याराथन खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेले जनैही ६१ हजार रकम प्राप्त गरेका थिए भने दितिय हुनेले ५१ हजार र तृतीय हुनेले ३८ हजार प्राप्त गरेका छन्।यसैगरी ब्यास-६ का प्रमिश गुरुङ ,भानु-३ का राम नेपाली ,ब्यास-१ का प्रविन थापा मगरले सान्त्वना स्थान प्राप्तगरेका थिए।सान्त्वना स्थानका विजयताहरुलाई कुल १५ हजार नगद सहित सम्मान गरिएको थियोे भने प्रतियोगितामा कुल ५७ जना धावकहरुले भाग लिएका थिए।