गौ संरक्षण समिति तनहुँले छाडा छोडीएका गाईहरुलाई संरक्षण गराउने

Share to:

अन्गौजनराज न्यौपाने/ तनहुँ, माघ २०,

गौ संरक्षण समिति तनहुँले छाडा छोडीएका गाईहरुलाई संरक्षण गराउने उदेश्यले गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । ब्यास-१० स्थित बैरेनीको भतेरी भन्ने स्थानमा कुल ३ सय रोपनी जग्गामा उक्त गौ संरक्षण केन्द्र खोलिएको हो । गौचरन स्थलमा मादी नदीले कटान गरेपछि गाई गोठमा समेत वाढी पसेर समस्या पार्ने गरेको गौ संरक्षण समितिका अध्यक्ष तुलसीराम साप्कोटाले बताए । भनेका बेला घाँस नपाईने र गौचरनमा मादीले बालुवा थुपारेपछि चरनमा समेत अत्याधिक समस्या भोग्दै आउनुपर्ने बाध्यता रहेको गौ संरक्षण समितिका अध्यक्ष साप्कोटाले बताए । वर्षा याममा नजिक घाँस नपाउदा मादी नदी तरेर जानुपर्ने बाध्यता विधमान रहेको बताउदै अध्यक्ष सापकोटाले नदी तरेर फर्कने होहोइन भन्ने त्रास अझैसम्म भोग्न स्थानीय बाध्य भएको उनलेे बताए । तराईबाट चर्को मूल्य तिरेर पराल खरिद गर्नुपर्ने बाध्यता रहेको छ उनले भने। स्थानीय सरकारले गौ स्याहार तथा संरक्षणकालागि बार्षिक १० लाख बजेट विनियोजन गरेको छ भने स्थानीय गौसंरक्षणकालागि संघिय सरकारबाट २५ लाख बजेट विनियोजन गरिएको छ। चिसो जाडोका बखत बसाइको उचित ब्यवस्थापन अभावकाकारण कठ्याङ्रिएर मर्ने गरेका गाईहरुलाई ८ प्रजातिका करिब १ सय गिद्दहरुले खाने गर्दा मरेको गाईको सिनो ब्यवस्थापन र गिद्द संरक्षण समेत हुने गौ संरक्षण समितिका अध्यक्ष तुलसीराम साप्कोटाले बताए ।गौ संरक्षण स्थलमा जाडोकाकारण दिनहुँ जसो गाई मरेको र हाईटेन्सनको तार संरक्षण केन्द्र को वीचभागमा हुदा गौसंरक्षण केन्द्रमा समेत खतरा हुने र संरक्षणमा राखेका गिद्दहरु नाँङ्गो विजुलीको तारामा झुन्डिदा अंगभंग हुने र मर्ने संभावना बडी रहेको विषयमा नाङ्गो तार ब्यवस्थापनकालागि विधुत कार्यालय , संधिय ,प्रदेश ,स्थानीय सरकार र सरोकारवाला निकायको बेलैमा ध्यान जान जरुरी रहेको छ।

Like