पूर्वरथी बलदेवराज महत मृत फेला
रासंसा/काठमाण्डौ, मंसिर २४,
मुलुकमा नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् । ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाएका महत शनिबार बिहान मृत भेटिएका हुन् । उनी बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको बताए ।
Like