अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

दि नेपाल डिस्टीलरिज’ ले पायो आईएसओ प्रमाणपत्र

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २६,

मुलुकमा प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’ को उत्पादक दि नेपाल डिस्टीलरिज प्रालिलेआइएसओ ९००१ः २०१५ प्रमाणपत्र प्राप्त गरेको छ। ‘आइएसओ ९००ः २०१५ प्रमाणपत्र’ लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने, ‘प्रतिष्ठित आइएसओ ९००१ः २०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ। दि नेपाल डिस्टीलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै आइरहेको छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्त दुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ। कम्पनीले हालै उत्पादन तथा कार्य प्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी यूकेएएस) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र एक विश्वव्यापी मानक भएकाले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्ने जनाइएको छ। यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ। कम्पनीबाट खुकुरी ब्राण्ड अन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ। यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन्।
यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ। यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरूको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’ हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ। सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो।

Like