अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

मेयर बालेन निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २८,

मुलुकमा काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंकाे माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् । अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।

Like