देश खोक्रो पार्नेलाई प्रमाणसहित सार्वजनिक गर्छु: रवि लामिछाने

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २६,

मुलुकमा राष्ट्रिय स्वत्रन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेले पुरानादलको कार्यशैलीबाट आजित भएका जनतामा रासप विकल्पको रुपमा उदयमान भएको बताएका छन्। ‘पुराना राजनैतिक दलले गरेको भए हामी आउनु पर्ने थिएन, सञ्चार क्षेत्रमा रहँदा जनताको दु:ख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा, राष्ट्रिय स्वत्रन्त्र पार्टी लिएर आएका छौँ, जनता र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि २४सै घण्टा सम्पर्कमा रहनेछौँ।’ उनले भने। बिहीबार खैरहनी नगरपालिकामाआयोजित नगर सभाको सम्बोधन गर्दै लामिछानेले जनतालाई २४सै घण्टा स्वास्थ्य, शिक्षातथा सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउन राष्ट्रिय स्वत्रन्त्र पार्टीको जन्म भएको बताए। ‘आफ्नो मान्छे भर्ना र दलाल विचौलियाहरुको गुलामीमा मस्त सरकारले जनताको गुनासो दु ;ख सुख बुझेनन् त्यसैले पुराना दलहरुलाई चुनौति दिँदै भख्ररै जन्मिएको पार्टी जनताको मायाले एक्लै लड्न मैदानमा उभिएको छ,’ उनले भने। उनले सञ्चारकर्मीका रुपमा काम गरिरहँदा देशलाई खोक्रो पार्ने हाँगाहरु मात्र समातिएको र त्यसका जराहरुलाई प्रमाणसहित सार्वजनिक गर्दै राज्यलाई दुर्घटनाबाट बचाउन समेत राष्ट्रिय स्वत्रन्त्र पार्टी गठन भएको दाबी गरे। उनले राष्ट्रिय स्वत्रन्त्र पार्टीलाई भात्तृसंस्था, नातावाद क्रिपावाद विस्तार गर्नु नपरेको भन्दै इमान्दारीताका साथ निष्ठावान क्षमतावान जोसुकै पार्टीसगँआवद्ध हुन सक्ने बताए। सभामा सर्वसाधरण नागरिकका लागी मेरो परिकल्पनाको देश विषयक खुल्ला बहस समेत सञ्चालन गरिएको थियो।

Like