अन्य थपदेशप्रदेश-१मुख्य समाचारसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

नि:शुल्क डाइलासिस इलाम अस्पतालमा सेवा सुरु

Share to:

रासंसा/इलाम, श्रावण १४,

मुलुकमा इलाममा मृगौला रोगीका लागि नि:शुल्क डाइलासिस सेवा सुरु भएको छ । नि:शुल्क डाइलासिस सेवा सुरु भएसँगै पूर्वीपहाडका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलाे सहयाेग मिल्ने भएकाे छ । इलाम नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा साढे ४३ लाख रुपैयाँ खर्च गरेर तीन वटा मेसिन खरिद गरेपछि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ। तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ ।

Like