अमेरिकी सहायक विदेशमन्त्री लू फेरी आज नेपाल आउँदै

Share to:

रासंसा/। काठमाण्डौ, श्रावण १२,

मुमुलुकमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै हुनुहुन्छ । बिहीबार नेपाल आइपुगेपछि उहाँले दुई दिन बिताउनुहुनेछ । एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेल्नुभएका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको अवस्थामा उहाँ नेपाल आउन लाग्नुभएको हो । उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो । त्यो बेला उहाँले विभिन्न दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको बताइएको छ । अन्य राजनीतिक भेटघाटबाट कुनै जानकारी बाहिर आएको छैन् ।

Like