स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाले गर्यो भब्य स्वागत निर्वाचित पदाधिकारीहरुलाई
रासंसा/ललितपुर, आषाढ ११,
स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाले नव निर्वाचित पदाधिकारीहरुलाई भब्य स्वागत गर्दै बधाई तथा सम्मान गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालका ललितपुर शाखा अध्यक्ष उपेश नौबागको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता आमाघर नेपालकी वरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठको थियो । स्वतन्त्र पत्रकार संघ नेपालको नवलपुर गैंडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा गत ज्येष्ठ २१ गते भएको दशौँ साधारण सभा तथा चौथो महाधिवेशनबाट नवनिर्वाचित राष्ट्रिय पदाधिकारीलाई बधाई तथा सम्मान एक कार्यक्रम मार्फत गरिएको हो । बधाई तथा सम्मान कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवं नवनिर्वाचित राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, महासचिव महेश बिक्रम कुँवर, उपमहासचिव रत्न काजि प्रजापति, कोषाध्यक्ष बद्रि बहादुर दुलाल र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी हुनुहुन्थ्यो । अतिथिहरुमा संघका काठमाण्डौ अध्यक्ष पुस्कर राज पाण्डे, कोषाध्यक्ष रिता श्रेष्ठ प्रधान, भक्तपुर जिल्ला पार्सद सह प्राध्यापक कृष्ण किसी, फोहोर मैला अभियन्ता कमला बिष्ट लगायतका ललितपुर शाखा पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि आमाघरकी वरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठले स्वतन्त्र पत्रकार संघ नाम सुन्दा नै आनन्द आउने र मलाइ आज स्वतन्त्र पत्रकार संघ नेपालको कार्यक्रमको प्रमुख अतिथि हुन् पाउनु शौभाग्य हो भन्नुहुँदै पत्रकारले स्वच्छ, स्वतन्त्र समाचार जनतासामु सुशुचित गराउनु नै स्वतन्त्र पत्रकारको काम हो भने पत्रकार राजनीतिक दलका पछी लाग्ने र भात्री संगठनको रुपमा कार्य गर्ने ति पीत पत्रकार हुन् भन्नुभयो । संघका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले राजनीतिको झोला बोकेर पीत पत्रकारिता गर्ने राज्यका चौथो अंग होइनन उनीहरु त दलका कार्यकर्तामा गनिन्छन संदेश दिंदै स्वतन्त्र पत्रकार संघ अब महासंघ हुँदै गरेको कुरा प्रकाश पार्नुभयो । संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले नेपाल पत्रकार महासंघले जिल्ला शाखा अधिवेशनमा अधिवेशन नै नगरी पद दलीय भागबण्डा गरेकोदेखि त्यसलाई असह्य भएकाले २०६८ सालमा स्वतन्त्र पत्रकार संघ नेपाल दर्ता गर्नुपरेको र यसले अब सबै जिल्लामा जिल्ला समिति गठन हुने बताउदै सबै जिल्ला शाखाले स्वतन्त्रमा हुनुहुने सबै किसिमका पदाधिकारीहरुले केन्द्रमा फोटोसहितको आफ्नो विवरण पठाईदिएमा स्वतन्त्र डायरी निकाल्न सहज हुने बताउनुहुँदै जिल्ला शाखा ललितपुरलाई धन्यवाद दिनुभएको थियो । ललितपुर फोहोर मैला अभियन्ता कमला बिष्टले स्वतन्त्र पत्रकार मात्र राज्यको चौथो अंगमा हुनुपर्छ, राजनीतिको झोला बोकी बहकाउमा लागेका पत्रकार जनताका खिलाप हुन् र उनीहरुलाई राज्यले कारवाही गर्नुपर्ने बताउनुभयो । संचार अभियन्ता मनोज सेन ठकुरीले स्वतन्त्र नै हो राज्यको चौथो अंग तर यहा त राजनीति मिसिएर स्वतन्त्रलाई दुर्गन्धित बनाएको बताउनुभयो । कार्यक्रममा जिल्ला कोषाध्यक्ष एवं कार्यक्रमका संयोजक राजेश अमात्यले उपास्थित सबैलाइ स्वागत गर्दै मन्तब्य ब्यक्त गर्नुभएको थियो भने जिल्ला सचिव राजेश पन्तले कार्यक्रम निकै बभ्यताकासाथ सभ्य रुपमा संचालन गर्नुभएको थियो । अन्त्यमा कार्यक्रमका सभापति एवं जिल्ला अध्यक्ष उपेश नौबागले स्वतन्त्र पत्रकार संघ नेपालले अब पहिलेको स्थितिभन्दा बिल्कुल नया प्रक्रितिले नव निर्वाचित पदाधिकारीहरुले संचालन गरि साच्चिकै स्वतन्त्रताको बिगुल फुक्ने छ भन्दै कार्यक्रम समापन गरिएको थियो ।