यस्ती माता जी ! कस्ती माता जी ?

Share to:

रोचक प्रसंग,

गल्याङ नगरपालिका १, राम्दी देखि झण्डै १ किलोमीटर पुर्व, सिद्दार्थ राजमार्ग देखि तल कालीगण्डकीको किनारमा एउटा महिला केही दिन देखि तपस्यारत छन् । ठूलो जङ्गलले तीन तिर ढाकेको छ, एकातिर कालीगण्डकी सुसाउदै छन् । दिउँसोको समयमा समेत एक्लै जान डर लाग्दो सोही स्थानमा दिन रात एक्लै । केवल बेलपत्र र दुवो खाएर १५ दिन बिताउदै छन । अपत्यारिलो यो सत्य हो । ती महिला तपस्यारत स्थानमा त पुग्न सकिएन, तर सोही स्थानको फोटो भए पनि खिचेर आइयो । सामान्य मानिसले असंभव ठान्ने यो सत्य समाचार हो । ती महिला देख्ने जो कोहीले पनि वहाँ प्रती श्रद्धाले शिर झुकाउछन । मिडियामा आउन नचाहने ती महिला रुपन्देही, तिलोत्तमा ११ देखि साधना गर्न त्यहाँ पुगेको, वहाँ र वहाँका आफन्त जनलाई भेटेर आउने स्याङ्जा मालुङाका नारायण वश्यालले बताउनु भयो ।

Like