आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ‘बुस्टर डोज’

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २७,

मुलुकमा सरकारले आजदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ दिन सुरु गरेको छ। १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ। फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ। सो समूहका बालबालिकालाई फाइजर खोप दिइने भएको हो।

Like