बञ्चरे डाँडामा फाेहाेर फ्याक्न स्थानियले नदिएपश्चात्, प्रहरीद्धारा अश्रुग्यास प्रहार
रासंसा/नुवाकोट, ज्येष्ठ २५,
मुलुकमा काठमाण्डौ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उहाको भनाइ छ । काठमाण्डौ महानगरकाे मेयरकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले बल प्रयाेग गरेर फाेहाेर बिसर्जन गर्नु दीर्घकालिन समाधान नभएकाे टिप्पणी गरेकी छिन् ।
Like
