यो बजेट होइन, सत्ता गठबन्धनको चुनावी घोषणापत्र हो – पूर्व अर्थमन्त्री पौडेल

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १७,

मुलुकमा पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारले बजेट नभई घोषणापत्र ल्याएको बताएका छन् । मंगलबार संसदमा बजेटमाथि छलफल गर्दै उनले चुनावी सरकारले आउँदो सरकारलाई बोकि नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताएका हुन् । ‘यो चुनावी सरकार हो । आउने सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको छ । संकटपूर्ण अर्थतन्त्र सम्बोधन गर्ने खालको बजेट आउनु पर्‍थ्यो ।’ उनले भने, ‘सारतः यो बजेट सत्तारुढ गठबन्धनको चुनावी पर्चा वा घोषणापत्र जसरी आएको छ । भोट बटुल्ने उद्देश्यले आएको छ ।’ आर्थिक परिसूचक नकारात्मक बन्दै गएको उनको दाबी छ। पूर्व अर्थमन्त्री पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताए । उनले बजेटमा अर्थतन्त्रको चुनौतीलाई वेवास्था गरिएको टिप्पणी गरे। पौडेलले निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिन नसक्ने बताए । उनले यो बजेट गोश्वारा भाषामा लेखिएको निवेदन जस्तो भएको भन्दै व्यङ्गयसमेत गरे।

Like