काठमाण्डौंको मेयर उपमेयरमा निर्वाचित बालेन्द्र साह र सुनिता डंगोलको धन्यवाद र्याली
रासंसा/काठमाण्डौ, ज्येष्ठ १३,
मुलुकमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएको औपचारिक घोषणा भएपछि धन्यवाद र्याली सुरु भएको छ। शुक्रबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेपछि र्याली सुरु भएको हो। लौरो निर्वाचन चिन्ह पाएका बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापितलाई धेरै मत अन्तरले पराजित गरे। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ र एमालेका केशवले ३८ हजार १ सय १७ मत ल्याए। निर्वाचित भएको घोषणा पछि साहले काठमाडौंका मतदातालाई धन्यवाद दिए। उनले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैलाई मिलेर जान अपिल गरे। उनले यसलाई हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुने उद्घोष गरे। काठमाडौं महानगरको उपमेयरमा उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छिन्। डंगोलले ६८ हजार ६ सय १२ मत ल्याइन्। उनले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मत ल्याइन्। रामेश्वरले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे। अधिकांश समर्थकहरुले बालेनको फोटो अंकित टिसर्ट लगाएका छन्। एकअर्कालाई अबिर दलेर खुशीयाली मनाइरहेका छन्।

मुलुकमा सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएको खुसीयालीमा उनका समर्थकहरुले धन्यवाद र्याली सुरु गरेका छन्। र्याली राष्ट्रिय सभागृहबाट सुरु भएको हो। राष्ट्रियसभा गृहबाट सुरु भएको र्याली काठमाडौं महानगरको कार्यालयसम्म पुग्ने जनाएको छ। डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे। स्थानीय तह निर्वाचनमा भारी मतका साथ डंगोल महानगरको उपमेयरमा विजयी भएकी छन्। डंगोलले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पछि पार्दै उपमेयरमा विजयी भएकी हुन्। काठमाडौंको मेयरमा सत्तागठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे।
गठबन्धनबाट चुनाब लडेकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरे।