वीरगन्ज महानगरपालिकामा गठबन्धन उम्मेदवार सिंह दोब्बर मतले अगाडि
रासंसा/पर्सा, बैशाख १,
मुलुकमा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा दोब्बर मतले अगाडि छन्। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३१ र ३२ को गरि ३ हजार ०६७ वटा मतपत्र गन्दा यो अग्रता देखिएको हो। राप्रपा उम्मेदवार गिरिश गिरीले ४१ म्त प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नै नेपाली काँग्रेसका इम्तियाज आलमले १ हजार १२ मत ल्याएर अगाडि छन्। एमालेसंग तालमे गरेको लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले उपमेयरमा १ सय ६० मत ल्याएका छन भने राप्रपा कि उम्मेदवार विना जयसवालले ५५ ल्याएकी छिन्। मेयरमा जसपाका सिंहले १ हजार ३ सय ६३ मत ल्याएर अगाडि छन भने एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगी ६ सय ५९ मत ल्याएर पछ्याइरहेका छन्।