सीमा नाका चुनावअघि तीन दिन बन्द हुने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १७,

मुलुकमा आसन्न स्थानीय तहको निर्वाचनको ७२ घन्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ। कपिलवस्तु, रूपन्देही, पश्चिम नवलपरासी तथा भारतको सिद्धार्थनगर बलरामपुर जिल्लाका सुरक्षा अधिकारीहरूको रूपन्देहीको भैरहवामा भएको नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो। बैठकमा नेपालका तीन जिल्ला र भारतका दुई जिल्लाका सुरक्षा अधिकारीहरूबीच वैशाख ३० गते हुने निर्वाचन लक्षित सुरक्षाबारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए। ‘निर्वाचनलाई मध्यनजर गर्दै दुई देशको सुरक्षा अधिकारीले सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेका छौं,’ प्रजिअ मिश्राले भने, ‘त्यसका लागि दुवै देशका सुरक्षा अधिकारीले आपसी सहयोग र सूचना आदानप्रदान गर्नसमेत समहत भएको हौं।’
सो अवधिमा आवतजावत समेत पूर्ण रूपमा बन्द गरिनेछ। निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजनासमेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए। निर्वाचनलाई लक्षित गरी सीमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुनेछ। सीमा नाकामा सुरक्षा चेक प्वाइन्ट राख्ने, तत्कालै सूचना आदानप्रदान गर्ने, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अवैध हतियार, अवैध मुद्राको कारोबार, सीमा क्षेत्रमा सचेननामूलक कार्यक्रम गर्ने तथा सीमामा निगरानी बढाउने गरी निर्णय गरिएका छन्। बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादित, निष्पक्ष, भयरहित बनाउने विषयमा गहल छलफल भएको थियो। यस्तै सीमा नाकामा मदिराजन्य पदार्थ समेत बिक्री वितरण्मा रोक लगाइनेछ। भारतीय सीमावर्ती बजारमा नेपालीहरू लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीले अब निगरानी बढाउने प्रजिअ मिश्राले बताए। उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम सञ्जीव रञ्जनबीच सीमास्तम्भलाई मर्मत र व्यवस्थित गर्न विषयमा समेत सहमति भएको छ। सीमा नाकामा ढलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरूलाई मर्मत गर्ने सहमित भएको प्रजिअ मिश्राले बताए। सन् २००६ मा नेपाल र भारतका संयुक्त प्राविधिक सीमा समितिको दुई पक्षीय सहमित भएको थियो। उता आचारसंहिता पालना गराउन भारततर्फ रहेको फ्ल्याक्स मेसिन र प्रेसमा आचारसंहिताविपरीत छपाइको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्। सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम सञ्जीव रञ्जनले नेपालमा वैशाख ३० गते हुने निर्वाचनलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सो सहमतिमा बिजोर अंकको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमित भएको थियो। बैठकमा कपिलवस्तुका प्रजिअ मिश्रा, रूपन्देहीका प्रअिज ऋषिराम तिवारी, नवलपरासीका प्रजिअ श्रवणकुमार पोख्रेल, नेपालका तीन जिल्लाका सुरक्षा अधिकारी, भारतको महाराजगन्जका डिएम सत्येन्द्र कुमार, सिद्धार्थनगरका डिएम सञ्जीव रञ्जनलगायतको सहभागिता रहेको थियो।

Like