३४ अंकले शेयर बजार गिरावट
रासंसा/काठमाण्डौ, बैशाख १२,
मलुकमा सोमबार शेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब चार करोड २२ लाख हजार रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ । नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । शेयर बजारमा लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट व्यहोर्नु परेको छ । कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन् ।
