भारतमा कोरोना बढेसँगै सतर्कता अपनाउन सरकारको आग्रह स्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन
रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ । उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान पनि छन् । मार्च २७ बाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले
आज (बिहिबार) एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हाे । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गर्नुभएको छ । मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदा-जाँदा दुवैतिर अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने गाईडलाईन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।