अन्तर्राष्ट्रिय रेस्लिंग महा भिडन्तमा भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पेड्रो पराजित
रासंसा/काठमाण्डौ, चैत्र २७,
मुलुकमा अन्तर्राष्ट्रिय रेस्लिंग महाभिडन्त नेपाली महिला रेस्लिङ फाउन्डेसन अन्तर्राष्ट्रिय नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) को सभापतित्व तथा नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधव कुमार नेक्पलाको प्रमख आतिथ्यतामा सम्पन्न भएको छ । पशुपति अन्नपुर्णा आश्रम, सभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार एवाम्फ़ समाजसेवी के. बि. सम्राट, हिमालयन टाइगर फाउन्देशनका अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली पुरुष रेस्लर हिमालयन टाइगर भारत बिशुराल, माता भद्रकाली, सहारा महिला समाजकी अध्यक्ष समाजसेवी बिना दाहाललगायतका व्यक्तित्वहरुको विशेष अतिथिको आतिथ्यता थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलाडीहरुको आतिथ्यता थियो । शनिबार भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लर पेड्रोलाई नेपाली महिला रेस्लिङ फाउन्डेसन अन्तर्राष्ट्रिय नेपाली महिला रेस्लर भगवती खड्का (युनिका)ले हराएकी छन् । नेपाली महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित फाइटमा भगवतीले पेड्रोलाई सिंगल म्याचमा हराएकी हुन् । भगवतीसँग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसँग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा पेड्रोले बाजी मारेका थिए । त्यसपछि भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् । भृकुटीमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए । पछी फेरी भिडन्त हुँदा नेपाली ब्रोलाई पाकिस्तानका शेर खानले हराएका थिए । महिलाका दुई भिडन्तमा मनीषा रानाभाटले सपना माझीलाई र स्नेहा थापामगरले सपना गोपालीलाई हराएका थिए ।