कुनै सहमति बिनै एमाले र माओवादीको छलफल सकियो

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १२,

मुलुकमा नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक सकिएको छ । सत्ता गठबन्धन फुट नजिक पुगेपछि बिहीबार अपराह्न संघीय संसद् भवन बानेश्वारमा बसेको एमाले र माओवादीबीच छलफल भएको हो । उनले भने, ‘छलफल सकारात्मक भएको छ । छलफल गरेर अगाडि बढ्ने भन्ने छ । कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’ छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । छलफलपछि सञ्चारकर्मीसँग नेम्वाङले छलफल सकारात्मक भएको बताए । माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए । उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए । ‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुके होइनौँ, सबै कुरा सिद्धिएपछि फुटाएर काम चलाउने,’ नेम्वाङले भने, ‘हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’

Like