ठगी गर्ने शेर्पा पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, माघ २८,

मुलुकमा महानगरिय प्रहरी बृत्त बौद्धले अनलाइन मार्फत मोबाइल फोन मगाइ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । अनलाइनबाट महँगा मोबाइल सेट मगाउने र घर गएर पैसा लिएर आउँछु भन्दै फरार हुने गरेका शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला नाम्चे घर भई चाबहिल सरस्वतीनगर बस्ने बर्ष १९ का उर्गेन टासी शेर्पा रहेका छन । प्रहरीले उनको साथबाट ३ थान मोबाइल र १४ हजार रुपैयाँ बरामद गरेको छ ।

Like