राष्ट्रिय युवा सघ तनहुँले गर्यो चर्को पेट्रोलियम मूल्य वृद्धिको विरोधमा राँके जुलुस

Share to:

**************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / २१ गते शुक्रबार तनहुँ ।**************************************** राष्ट्रिय युवा संघ तनहूँले चर्को मूल्य बृर्दिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ। ब्यास-३ स्थित युवा संघको कार्यालयबाट शुरु भएको राँके जुलुस नगरपरिक्रमा पश्चात् सफासडकमा आई कोण सभामा परिण भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य उज्वल खनालले ”वर्तमान अप्राकृतिक गठबन्धनबाट बनेको सरकारले पटक पटक मुल्यवृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको” र पटकपटक मूल्य बृर्दि हुदा पनि कुनै पहल कदमी नगरि टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन्।
विरोध र्याली कार्यक्रमका संयोजक राष्ट्रिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेनाले जनताहरु एमालेलाई भोट दिन आतुर भएको बताउदै यथा सक्दो सरकारले मुल्यवृद्धि फिर्ता गरेर निर्वाचन घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यहरु तिर्थ खनाल, ईश्वर श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य बिष्णु अधिकारी , तनहूँका विभिन्न पालिकाका युवा नेताहरु कृष्ण कुमार श्रेष्ठ , विर बहादुर लामा (चिजे) अजित पन्थ , राम श्रेष्ठ , सरोज बस्नेत , कृतिमान श्रेष्ठ , गणेश सापकोटा , सुदिप पौडेल, चिज बहादुर गुरङ्ग लगायतका युवा नेताहरुले आआफ्नो घारणा राखेका थिए।

Like