सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

Share to:

रासंसा/काठमाण्डौ, माघ ८,

अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको थियो । बैठकमा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

Like