विश्वव्यापी नेताहरुको रेटिङमा शीर्ष स्थानमा भारतका प्रधानमन्त्री मोदी

Share to:

एजेन्सी,

मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सद्धारा बिहीबार साँझ सार्वजनिक भएको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ्स’मा मोदी शीर्ष स्थानमा परेका हुन्। सरकारको नेतृत्व सुधार र तीव्र कदम चालेको आधारमा मोदी शीर्ष स्थानमा रहेका हुन्। सन् २०२२ जनवरी १३ देखि १९ सम्मको तथ्यांकको आधारमा मर्निङ कन्सल्टले रेटिङ दिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुको मूल्यांकन रेटिङ चार्टमा शीर्ष स्थानमा परेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पछि पार्दै भारतीय प्रधानमन्त्री मोदीले शीर्ष स्थान हासिल गरेका हुन्। सो रेटिङमा मोदीले ७१ प्रतिशत अप्रुभल भोटिङ प्राप्त गरेर ५० प्रतिशत रेटिङ प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् भने बेलायती प्रधानमन्त्रीले ६९ प्रतिशत डिसअप्रुभल भोटिङ प्राप्त गर्दै जम्मा २६ प्रतिशत रेटिङ पाएका छन्। अमेरिकी अधिकारीहरुका अनुसार चीनलाई चुनौति दिन अमेरिकाले ताइवानको वायु रक्षा क्षमता बढाउन खोजेको हो। उनीहरुका अनुसार नवनिर्मित लडाकु विमान कसरी ताइवान पुर्‍याउने भन्नेबारे भने हालसम्म निर्णय भइसकेको छैन। वासिङ्टनः संयुक्त राज्य अमेरिकाले ताइवानलाई नवनिर्मित अत्यधुनिक लडाकु विमान उपलब्ध गराउने उपाय खोजिरहेको छ। चिनियाँ सेनाविच बढ्दो तनावकाबीच अमेरिकाले ताइवानको वायु रक्षा क्षमता बढाउन अत्यधुनिक लडाकु विमान उपलब्ध गराउने उपाय खोजेको हो। अमेरिकाले ताइवानमा तीव्र क्षमताको ब्लक ७० एफ-१६ एस लडाकु विमान पठाउने तयारी गरिरहेको रोयटर्समा खबर छ। सो विमानभन्दा अत्यधुनिक विमान भने अमेरिकाले सन् २०१६ को अन्त्यसम्ममा ताइवान पुर्‍याउने लक्ष्य राखेको समेत बताइएको छ। ताइवान सम्बन्धमा पछिल्लो समय चीन र अमेरिकाबीच दूरी बढेको छ। करिब १२ लाख पंछी यसअघि नै मारिसकेको बताइएको छ। सो निर्देशनअनुसार देशमा भएका कुखुरा, हाँस, टर्की फार्महरुले ठूलो संख्यामा ती पंछीलाई तीन हप्ताभित्रमा मारिसक्नु पर्नेछ। पेरिसः फ्रान्स सरकारले तीन हप्ताभित्रमा २५ लाख (२.५ मिलियन) पंछी मार्न किसानलाई निर्देशन दिएको छ। चरामा बर्ड फ्लु संक्रमण बढेको भन्दै सरकारको कृषि मन्त्रालयले बिहीबार किसानलाई सो संख्यामा पंछी मार्न निर्देशन दिएको हो। फ्रान्सको कृषि मन्त्रालयका अनुसार बर्ड फ्लुका कारण लाखौं पंछी मार्नुपर्ने अवस्था आएकोले दक्षिण-पूर्वी फ्रान्सका २२६ सहरका किसानलाई सो संख्यामा पंछी मार्न निर्देशन दिइएको हो। मन्त्रालयको तथ्यांकअनुसार बर्ड फ्लुका कारण यस वर्ष २१६ हाँस, कुखुरा र टर्की मरिसकेका छन्। जपानको स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको हो। नयाँ प्रतिबन्धअनुसार राजधानी टोक्यो सहरलगायत जापानमा अन्य मुख्य सहरहहरुमा थप कडाइ गरिने छ। अत्यावश्यक सेवाबाहेक रेष्टुरेन्ट र बारहरु लगायत भिडभाग हुने अन्य सबै सेवा बन्द हुनेछन्। ओमिक्रोन संक्रमण बढेपछि जापान सरकारले कोभिड १९ प्रतिबन्ध फराकिलो बनाएको छ। जापानका मुख्य सहरहरुमा शुक्रबारदेखि लागू हुनेगरी सरकारले सो प्रतिबन्ध फराकिलो बनाएको हो। जपानमा ११ वर्षदेखि माथिका अधिकांश नागरिकहरुले कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाइसकेका छन्। जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउन अनुमतिसमेत दिइसकेको छ। जपानमा पछिल्लो २४ घण्टामा मात्र ४७ हजार नयाँ संक्रमित थपिएका छन्। ‘पाकिस्तानका प्रधानमन्त्री आइएसका कठपुतली हुन्,’ तालिवान सरकारका प्रवत्ताले स्थानीय टेलिभिजनसँग भनेका छन्, ‘उनको जस्तो सरकारले इस्लामिक एमिराट्स अफगानिस्तानको राष्ट्रवादविरुद्ध अवरोध पुर्‍याउन खोज्दैछन्।’अफगानिस्तानको तालिवान नेताले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आतंकवादी समूह आइएसको कठपुतली भनेको छ। अफगानिस्तानको राष्ट्रियता भंग गराउने प्रयास गर्न खोजेको भन्दै तालिवानका नेताले पाकिस्तानी प्रधानमन्त्री खानलाई आइएआइको कठपुतली भनेका हुन्। उनले पाकिस्तान चाडै नै पतन हुने र पाकिस्तानको पतन नै खानको भाग्य हुनेसमेत बताएका छन्। तालिवानले करिब पाँच महिनाअघि देखि अफगानिस्तानको सत्ता चलाउँदै आएको छ। इराकी सुरक्षा बलले अरब न्युजसँग बताएअनुसार इराकी सेना सुतिरहेको समयमा दइश बन्दुकधारीहरुले आक्रमण गरेका थिए। सो आक्रमणमा परी ११ सैनिक मारिएका हुन्। घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको बताइएको छ। पछिल्लो समय दइश समूहले इराकी सेनालाई लक्षित गरी विभिन्न आक्रमण गरिरहेको छ। आतंकवादी समूह आइएसको सम्बन्धन प्राप्त दइश समूहद्वारा ११ सैनिकको हत्या भएको छ। इराकको राजधानी बग्दादको उत्तरी भेगमा सो समूहले ११ सैनिकको हत्या गरेको हो। दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक मार्क बाउचर रंगभेदको आरोपमा कारबाहीमा परेका छन्। दक्षिण अफ्रिका क्रिकेट (सिएसए)द्वारा उनी कारबाहीमा परेका हुन्। पूर्व क्रिकेट खेलाडी पाउद आदम्सले क्रिकेट टिम प्रशिक्षक बाउचरमाथि रंगभेदको आरोप लगाएका थिए। भारी हिमपातपछि तापक्रम घट्दा तीन सिरियाली बालबालिकाको मृत्यु भएको छ। उत्तर-पश्चिमी सिरियाको आफ्रिनस्थित सिरियाली शरणार्थी शिविर शेइख बिलाल क्याम्पमा हिमपातपछि तापक्रम घट्दा तीन बालबालिकाको मृत्यु भएको हो। सो क्याम क्षेत्रमा हिमआँधीसँगै १ फुटभन्दामाथिको हिमपात भएको छ। हिमपातपछि सो क्षेत्रको तापक्रम ४० वर्षयताकै न्युन रहेको बताइएको छ। हिमआँधीले त्यहाँका करिब ३६२ क्याम्पहरु भत्काएको र २ हजारभन्दा बढी मानिस प्रभावित बनेको बताइएको छ। हिमपातपछि तापक्रम माइनसमा झर्दा अन्य सयौ मानिसहरु जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था केयरले जनाएको छ। केही दिनमा सो क्षेत्रको तापक्रम माइनस १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। गृह युद्धका कारण आन्तरिकरुपमा विस्थापित बनेका सिरियाली नागरिकहरु बालबालिकासहित सो क्याम्पमा करिब हजारौं सिरियाली नागरिकहरु बस्दै आएका छन्। खानी विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किदाँ सो दुर्घटना भएको थियो। विस्फोटक पदार्थ पड्किदाँ सो क्षेत्र वरिपरिका करिब ५ सयभन्दा बढी भवनहरु भत्किएको र कम्तीमा ६० मानिस घाइते भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। पश्चिम अफ्रिकी मुलुक घानामा खानीनजिकै विस्फोट हुँदा कम्तीमा १७ मानिसको मृत्यु भएको छ। घानाको बोगोसो सहरमा बिहीबार साँझ खानी विस्फोटक पदार्थ पड्किदा कम्तीमा १६ मानिसको मृत्यु भएको हो। घानाको सैन्य बललाई घटनास्थलमा खटाइएको घानाका राष्ट्रपति नाना एकुफो एड्डोले बताएका छन्। विस्फोटक पदार्थ बोकेको गाडी क्यानडेली खानी कम्पनी किनरोसद्वारा घानामा सञ्चालित चिरानो सुनखानीतर्फ गइरहेको बताइएको छ।

Like