प्रधानमन्त्री देउवाको भनाई कोरोना नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्छः

Share to:

रासंसा/काठमाण्डौ, माघ १,

नेकपा एमालेका नेताहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभएको छ । उहाँले महामारी नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभएको हो । शनिबार नेकपा एमालेका नेता सुवास नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा सरकारले चाल्नुपर्ने कदम र सुझावसहितज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो । आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै उहाँले सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताउनुभयो ।

Like